• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकपको पहिलो सेमिफाइनल : फुटबलका दुई महाशक्तिबीच भिडन्त

64x64
नेपाल लाइभ मंगलबार, असार २२, २०७८  १७:३३
1140x725

काठमाडाैं- स्पेनले सन् २०१२ मा अन्तर्राष्ट्रिय फुटबलमा एकछत्र राज गरेको थियो। छोटो पास, युवा टोली र पृथक खेल्ने शैलीका कारण स्पेन कुनै पनि टोलीका लागि मुस्किल थियो। त्यही सालको युरोकप फाइनलमा भिडेका थिए, स्पेन र इटाली। 

स्पेनले इटालीलाई ४-० ले पराजित गर्दै उपाधि जितेको थियो।  त्यसअघि २००८ को युरोकप र २०१० को विश्वकप पनि जितेको थियो। तर, स्पेनले सन् २०१२ पछि आफ्नो लय गुमायो। २०१६ को युरोकपको प्रि-क्वाटरफाइनलमा इटालीले स्पेनलाई २-० ले पराजित गर्दै अघिल्लो फाइनलको बदला लियो। 

युरोकपको पछिल्ला तीन संस्करणको नकआउट चरणमा प्रतिस्पर्धा गरेका यी दुई टोली जारी युरोकपमा पनि सेमिफाइनल चरणमा भिड्दैछन्। लण्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

युरोकपको यो संस्करणमा दुवै टोली अपराजित छन्। इटालीले त खेलेका सबै पाँच खेल जितेको छ। इटाली अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३२ खेलमा अपराजित छ। युरोकपमा अष्ट्रिलया र बेल्जियमविरुद्ध गोल बेहोरेको इटालीले त्यसअघि लगातार ११ खेलमा गोल खाएको थिएन।

समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले हराएको इटालीले वेल्सलाई १-० ले पराजित गरेको थियो। अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराएको थियो भने क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई २-१ ले नै पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो।

स्पेनले युरोकपमा सुरुआत राम्रो गर्न नसके पनि पछिल्ला खेलहरुमा प्रभावशाली रुपमा मैदान उत्रिरहेको छ। स्पेन पछिल्ला २९ खेलमा एकपल्ट मात्र पराजित छ ।

यो पनि पढ्नुहोस्

'प्लेयर्स टु वाच' : मोराटा, इन्सिग्ने, लापोर्टे र जोर्गिन्होमंगलबार, असार २२, २०७८

स्पेनले समूहको पहिलो खेलमा स्वीडेनसँग गोलरहित र पोल्याण्डसँग १-१ को बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो। 

अन्तिम १६ को ‘हाइ स्कोरिङ’ खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको थियो। क्वाटरफाइनलमा स्पेनले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

स्पेन युरोकप इतिहासमा लगातार दुई खेलमा पाँच गोल गर्ने पहिलो टोली पनि हो । त्यसैले यो खेललाई अपराजित इटालीविरुद्ध सुधारिएको स्पेनबीचको खेल मानिएको छ ।

हेड टू हेड
इटाली र स्पेन युरोपेली फुटबलका महाशक्ति हुन्। यी दुई टिमले मात्र नौ पटक विश्वकप र युरोकप जितिसकेका छन्। 

इटाली र स्पेनले हालसम्म ३३ खेलमा प्रतिस्पर्धा गरेका छन्। जसमा स्पेनले १२  र इटालीले नाै खेलमा जित हात पारेका छन्। १२ खेल बराबरीमा सकिएको थियो।

स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकप उपाधि जितेको थियो। अहिलेसम्म चार पटक सेमिफाइनल पुग्दा तीन पटक उपाधि जितेको छ। सन् १९८४ मा भने उपविजेता बनेको थियो।

यता, इटाली पनि अहिलेसम्म चार पटक सेमिफाइनल खेल्दा तीन पटक विजयी भएको छ। एक पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ। 

इटालीले स्पेनविरुद्ध ४३ गोल गरेको छ। स्पेनले ४० गोल मात्रै गर्न सकेको छ। 

चोटको समस्या
सन् २०१२ यता दुवै टिम कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका हुन्। त्यतिबेला उनीहरूको भेट किभमा भएको थियो। त्यतिबेला खेलेका दुई खेलाडी डिफेन्डर लियोनार्दो बोनुची र जर्जियो चिलिनी अहिले पनि इटालीको टिममा छन्। इटालीसँग जर्जिन्हो, निकोला बरेला र मार्को भेराट्टी जस्ता भरपर्दा खेलाडी छन्। स्पेनसँग पनि सर्जियो बुस्क्वेट, पेड्रो गोन्जालेज र कोके जस्ता खेलाडी छन्। 

दुवै टोलीमा ‘स्टार’ खेलाडी छन्। तर, दुवै तर्फका खेलाडीलाई चोटले सताएको छ। इटालीका डिफेन्डर लियोनार्दो स्पिनाजोलाले स्पेनविरुद्धको खेल गुमाउने छन्। उनी बेल्जियमविरुद्धको खेलमा घाइते भएका छन्। खेलको १५ मिनेट समय बाँकी हुँदा बल पछ्याउने क्रममा चोट लागेपछि उनले मैदान छाड्नु परेको थियो।

मेडिकल टिम मैदानमा नै आएर उनलाई स्ट्रेचरमा राखेर बाहिर लागिएको थियो। मेडिकल टिम आउने बितिकै आफ्नो चोटबारे थाहा पाएका उनी निकै रोएका थिए। उनको स्थानमा एमर्सन पाल्मिएरीले बाँकी समय खेलेका थिए।

स्पिनाजोलाको चोट फुटबलमा निकै गम्भीर मानिन्छ। पुर्ण रुपमा ठीक हुन उनलाई चारदेखि ६ महिना लाग्ने आकलन गरिएको छ। उनले युरो २०२० मात्र नभएर आगामी लिगमा सिजनको सुरुवाती केही महिना विश्राम गर्नुपर्ने भएको छ। 

यस्तै, स्पेनका पाब्लो साराबिया पनि इटालीविरुद्ध खेल्नेमा शंका छ। स्विट्जरल्याण्डविरुद्धको खेलमा मसलमा समस्या भएपछि उनलाई डानी ओल्मोले प्रतिस्थापन गरेका थिए।

यद्यपि, स्पेनको रक्षापंक्ति मजबुत बन्ने क्रममा छ। फ्रान्स छाडेर स्पेनिस आएका आयमेरिक लोपार्टे टिमको सेन्टर ब्याकका रूपमा प्रमुख खेलाडी हुन्। आक्रमणको प्रसंगमा अल्भारो मोराटा अहिलेसम्म स्पेनी टिममा खासै जम्न सकेका छैनन् बरू आक्रमणमा सिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले लय समातेको देखिन्छ। 

मध्यपंक्तिमा भने स्पेनिस टोलीको तुलनामा इटाली मजबुत छ । अचेल इटालीले तीव्र गतिमा खेल्ने गर्छ  र लगातार आक्रमण बुन्छ ।

इटालीको रक्षापंक्ति परम्परागत रुपमै बलियो हो। त्यसलाई यसपटक पनि कायम राखेको छ। बलियो रक्षापंक्तिकै कारण इटालीले जारी प्रतियोगिताको पाँच खेलमा दुई गोल मात्रै खाएको छ। इटालीको टोलीमा  एक दशकजति बिताइसकेका दुई सेन्टर ब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनी अझै पनि उस्तै मजबुत छन्। 

के भन्छन् प्रशिक्षक?
मंगलबार हुने सेमिफाइनलमा प्रतिद्वन्द्वीबारे प्रशिक्षकहरुको फरक विचार हुनसक्छ । इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी आजको खेललाई सहज रुपमा लिएका छैनन्। उनी भन्छन्, ‘सत्य कुरा यही हो कि प्रतियोगितामा हामी जति अघि बढ्छौँ, प्रतिस्पर्धा त्यति नै मुस्किल हुने गर्दछ ।’

तर, उनी पछिल्लो खेलबाट भने सन्तुष्ट देखिएका छैनन्। ‘हामीले बेल्जियमविरुद्ध दुई गोल ग¥यौँ, तर त्यो खेलमा हामीले अझै धेरै गोल गर्न सक्थ्यौँ । हामी यो जितका लायक थियौँ,’ उनले भने।

उनको चिन्ताको अर्को विषय हो, समर्थक। मैदानमा कमैलाई प्रवेश गर्न दिइनुले पनि खेलमा असर गर्ने मान्सिनी बताउँछन्। ‘इटालीका समर्थक त्यहाँ नहुनु राम्रो होइन। तर, थोरै मानिसको अगाडि खेल्नुभन्दा धेरैको अगाडि खेल्नु राम्रो हो। यसले केही असर गर्छ,’ उनी भन्छन्।

यता, स्पेनका प्रशिक्षक लुइस एनरिकेको पनि बुझाइ उस्तै छ। ‘यो असामन्य अवस्था हो। त्यहाँ इंग्लिसभन्दा स्पानिस र इटालियन समर्थक धेरै होस् भन्ने हाम्रो अपेक्षा हो,’ उनी भन्छन्। युरोकपको अब बाँकी तीन खेल वेम्बलीमा हुनेछ। जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ।

तर, इटाली र स्पेनका समर्थकको लागि भने धेरै टिकट दिइएको छैन। इटालियन फुटबल संघका अध्यक्ष गाब्रिएल ग्राभिनाले ६० हजारमध्ये १२५ टिकट मात्र दिएको बताए।

स्पेनका प्रशिक्षक एनरिकेले इटालीका मेन्सिनीजस्तो डर मानेका छैनन्। उनी जारी प्रतियोगितमा स्पेनभन्दा राम्रो टिम अरु कुनै नभएको बताउँछन्।

‘स्पेनभन्दा राम्रो अर्को कुनै टिम राम्रो छैन । हामी अहिलेसम्मको यात्रामा गर्व गर्छौं। हामी फाइनल जित्दै उपाधिसम्म पुग्ने लक्ष्यमा छौँ,’ उनले भने।

- दीप सुवेदी, एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग
सम्बन्धित सामग्री
फिफाद्वारा एन्फा निलम्बित तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पटक-पटक चेतावनी दिँदै आएको फिफाले अन्तत नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो। बिहीबार, असार ११, २०८३
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बिहीबार, असार ११, २०८३
फिफा विश्वकप : कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना बिहीबार, असार ११, २०८३
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्