काठमाडौं- उपेन्द्र यादवले स्वास्थ्यमन्त्री पाउने भएका छन्। परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आएका संघीय 8वादी फोरमका अध्यक्षसमेत रहेका यादवले अन्तत: स्वास्थ्य मन्त्रालय पाए। फोरमले पाउने सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईको नाम टुंगिएको छ।
सरकारमा सहभागी हुने फोरमबाट अध्यक्ष यादवले नेतृत्व गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयमा आजै दिउँसो ३ बजे सपथ हुने यादवका प्रेस संयोजक महेश चौरिसयाले बताए। फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।