काठमाडाैं- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार खेलाडीलाई उपचार खर्च उपलब्ध गराएको छ।
विभिन्न चार खेलका चार जना खेलाडीलाई सोमबार २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलाडी कल्याणकारी कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई ८०–८० हजार रुपैयाँ प्रदान गरिएको छ।
यता, जुडोकी सुनिता बोहरालाई ३० हजार र उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ उपलब्ध गराइएको छ।
सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो।
कोषले चालु आर्थिक वर्षमा यी ४ खेलाडीसहित १३ जनालाई उपचार खर्चवापत ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ।
विभिन्न ५ खेलका खेलाडी र पूर्व खेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।