फाइल तस्वीर
काठमाडाैं- बलिउड अभिनेता दीलिप कुमारलाई आईसीयूबाट निकालिएकाे छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एकसाता अगाडि मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो।
हाल उनको स्वास्थ्यमा सुधार आएको उनकी श्रीमती साइरा बानुले जानकारी दिएकी छन्। यसअघि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। जुन महिनामा उनी दुई पटक अस्पताल भर्ना भएका हुन्।
पहिलोपटक ६ जुनमा अस्पताल भर्ना भएका उनको फोक्सोको पानी बाहिर निकालिएको थियो। डिस्चार्ज भएको ५ दिनपछि उनी फेरि अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।