पाँचथर– पाँचथरको याङवरक गाँउपालिका–४ स्थित काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएको छ।
आइतबार दिउँसो ६ जनाको समूहमा पौडी खेल्न गएकामध्ये दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन्।
घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको उद्धार टोलीले खोजतलास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।