काठमाडौं– मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ।
अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशादाले जनाएको छ।
आज दिउँसो सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको चाप उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको भनाइ छ।
ती प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।