काठमाडौं- संघीय 8वादी फोरमले पाउने दुई मन्त्रालयमध्ये एउटाको टुंगो लागेको छ। फोरमले सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईलाई पठाउने निर्णय गरेको हो।
सरकारमा दलको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने भएका छन्। यादवले परराष्ट्र मन्त्रालयको दाबी गर्दै आए पनि उक्त मन्त्रालय नपाएपछि सूचना तथा सञ्चार मन्त्रालय माग गरेका छन्। त्यो पनि नपाए अन्तिम विकल्पका रुपमा भौतिक योजना तथा श्रम मन्त्रालय दाबी गर्ने फोरमका एक नेता बताए।
राष्ट्रपति कार्यालयमा आजै दिउँसो २:३० बजे सपथको तयारी गरिएको छ। फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।