काठमाडाैं- सिन्धुपाल्चोकको मेलम्चीका बाढीपहिरो पीडितलाई आर्थिक सहयाेग प्रदान गरिएकाे छ।
सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजको पहलमा संकलन गरिएको रकम स्थानिय ब्यक्तित्व कुमारप्रसाद लामिछानेको समन्वयमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलगायतको उपस्थितिमा पीडितलाई सहयाेग गरिएकाे हाे।
लामिछानेका अनुसार मृत्यु हुने १५ जनाका परिवारलाई जनही दश हजार रुपैयाँ प्रदान गरिएकाे छ।
यस्तै, तीन विद्यालयलाई १ लाख २० हजार र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार सहयाेग गरिएकाे उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।