काठमाडाैं- टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउन पौडीका एलेक्जेन्डर शाह जापान प्रस्थान गर्ने भएका छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गर्ने जानकारी दिएकाे हाे।
एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले आइतबार एलेक्स र शंकरको बिदाइ समेत गरेका हुन्।
एनओसीका अनुसार पौडीकै गौरिका सिंह भने बेलायतबाटै सिधैं जापान जानेछिन्।
सागमा पदकविहीन भएका एलेक्सले नेपाली पौडी टिमको पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए। जसका कारण उनी ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिस भएका थिए।
टोलीले टोकुशिमामा विशेष तयारी गर्ने एनओसले जनाएकाे छ। टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मलित हुनेछन्।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।