काठमाडाैं- काठमाडौं उपत्यका भित्र दर्शकसहितको खेल गतिविधि सञ्चालन गर्न नपाइने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै दर्शकसहितको खेल गतिविधिमा रोक लगाइएको जानकारी दिएका हुन्।
‘कोरोना महामारीका कारण फुटसल र रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न रोक लगाएका छौं,’ उनले भने।
गत बैशाखदेखि नै कोरोना संक्रमण रोकथामका लागि भन्दै सबै खेलकुद प्रतियोगितामा दर्शकलाई रोक लगाइएको थियो।
गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न टी२० आई त्रिकोणात्मक सिरिजको एक खेलमा मात्रै दर्शकलाई प्रवेश दिइएको थियो। त्यसपछि अन्य खेलमा दर्शकलाई प्रवेश दिइएको थिइएन।
यस्तै, जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा दर्शकलाई रंगाशाला प्रवेश गर्न दिइएको थिइएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।