काठमाडाैं- नेपाल भलिबल संघ (एनभीए) का महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसिया भलिबल संघको कोषाध्यक्षमा नियुक्त भएका छन्। सेन्ट्रल जोनका सदस्य राष्ट्रहरुको संयुक्त निर्णय अनुसार चन्दलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरिएको हाे।
सेन्ट्रल जोनका अध्यक्ष मोहमम्द लातिफले शनिबार पत्रमार्फत् चन्दलाई नियुक्त गरिएको जानकारी दिएको हो।
सेन्ट्रल जोन भलिबलमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान सदस्य राष्ट्रका रुपमा रहेका छन् । नेपालले सन् २०१९ अगस्टमा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको आयोजना गरेको थियो।
त्यस्तै, बंगलादेशमा भएको महिला सेन्ट्रल जोन प्रतियाेगितामा नेपालले उपाधिसमेत जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।