काठमाडौं– बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सामाजिक सुरक्षा कोषले अन्याय गरेको भन्दै कर्मचारीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्। विभिन्न बैंकका ६५ जना कर्मचारीले कोषविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।
बैंकहरुलाई जसरी भएपनि सामाजिक सुरक्षा कोषमा दर्ता हुन दबाब दिने काम भइरहेको भन्दै कर्मचारीको ६५ जना कर्मचारीको वारेशका रुपमा सुरेश भण्डारीले रिट दर्ता गरेका हुन्।
रिटमा सरकारी र निजी क्षेत्रका कर्मचारीबीच चरम विभेद हुने गरी कोषको कार्यविधि तोकिएको दाबी गरिएको छ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दायर गरेको रिट दर्ता भइसकेको र सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।