काठमाडाैं- नेपाल भलिबल संघले एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोली व्यवस्थापकको जिम्मेवारी सदस्य ज्योती केसीलाई दिएको छ।
संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको साताैं बैठकले निरोज मास्केको राजीनामा स्वीकृति गर्दै केसीलाई व्यवस्थापकको जिम्मेवार दिएको हो।
संघका सचिवसमेत रहेका मनवीर छन्त्यालको संयोजक रहेको खेलाडी छनोट समितिले शनिबार २७ बाट दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको थियो।
असार १ देखि टोलीको प्रशिक्षण जारी रहेको छ। फिलिपिन्समा भदौ १३ देखि २० गते सम्म हुने च्याम्पियनसिप सञ्चालन हुँदैछ। टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।