काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सडकखण्डअन्तरगत विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि केहीबेरअघि दुईतर्फी सञ्चालनमा आएको हो।
शुक्रबार राति भरतपुर महानगरपालिका-२९ सेती दोभानमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको थियो। शनिबार बिहानैदेखि पहिरो पन्छाउने काम थालिएको थियो।
महानगरपालिका र सडक विभागको डोजर, ब्रेकर र जेसीबी प्रयोग गरी पहिरो पन्छाइएको र अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले पनि माथिबाट ढुङ्गा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने सवारी तथा यात्रुले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
लगातारको वर्षाले नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।