फाइल तस्वीर
                                        
                                    
                                                             
                            
                            काठमाडौं– टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंको टोखामा २ जनाको मृत्यु भएको छ। 
टोखा नगरपालिका-९ दिपज्योतीस्थित सडकमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश-०३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। 
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ घर भइ टोखा नगरपालिका-९ बानियाटार डेरा गरी २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दिपेश थापा रहेका छन्। 
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 
मोटरसाइकललाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।