काठमाडौं– केही दिनयता सक्रिय रहेको मनसुनको प्रभाव आज (आइतबार)देखि विस्तारै कमजोर हुने भएको छ।  यसअघि मनसुन सक्रिय भएकाले देशभर मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको थियो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि क्रमशः मनसुन कमजोर हुँदै जाने र मौसमा सुधार आउनेछ।  मनसुनी वायुको कम प्रभाव कमजोर बने पनि केही दिन भने देशका अधिकांश स्थानमा वर्षाको सम्भावना भने रहेको महाशाखाको भनाइ छ
अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि बिहानतिर वर्षाको सम्भावन रहिरहने दाबी महाशाखाको छ। तर, मनसुनी वायु पुनः सक्रिय भई भारी वर्षा हुन सक्ने सम्भावना भने रहेको महाशाखाको भनाइ छ।  
अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ। 
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।