फाइल तस्वीर
काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी यो वर्ष मनसुन सुरु भएयता (गतजेठ ३० गतेदेखि) शनिबार दिउँसोसम्म ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २१ पुरुष, १२ जना महिला तथा ७ जना बालबालिका रहेका छन्।
मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३–३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २–२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना छन्।
बाढीपहिरो र डुबानमा परी सोहीअवधिमा ५१ जना घाइते भएका छन्। तीमध्ये २७ पुरुष, १२ महिला तथा १२ बालबालिका रहेका छन्।
घाइते हुनेमा तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला र गोरखामा २–२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १–१ जना रहेका छन्।
सोही अवधिमा बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १५ पुरुष, ६ महिलातथा ३ जना बालबालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ।
बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।
पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडकसमेत सुचारु गराइएको छ।
यसबीचमा बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन् ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।