काठमाडौं– नेपाल लाइभकर्मी फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले लाठी प्रहार गरेको छ। 
५ दलीय गठबन्धन समर्थित संयुक्त विद्यार्थीहरुको राँके जुलुस लगायतको विरोध कार्यक्रमको समाचार संकलन गर्ने क्रममा प्रहरीले पत्रकार राईमाथि लाठी प्रहार गरेको हो। 

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (नेकपा एमालेको माधव नेपाल पक्ष समर्थित), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले शनिबार काठमाडौंको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसबाट राँके जुलुस निकालेको थियो। 
मिनभवनबाट प्रधानमन्त्रीकाे पुत्लासहित राँके जुलुस मुख्य सडकतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको थियो। प्रहरीले आन्दोलनमाथि हस्तक्षेप गरेको फोटो/भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकार राईमाथि लाठी प्रहार गरेको हो। 
.jpg)
क्यामेरा देखाएर 'पत्रकार हुँ' भन्दा समेत आफूमाथि प्रहरीले लाठी प्रहार गरेको पत्रकार राईले बताएका छन्। प्रहरीले प्रहार गरेको लाठीबाट पत्रकार राईको घुँडामा चोट लागेको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।