• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर ४० जनाको मृत्यु, २४ जना अझै बेपत्ता

64x64
नेपाल लाइभ शनिबार, असार १९, २०७८  १५:०६
1140x725
गोरखाको सिरानचोक गाउँपालिका–७ मा शनिबार बिहान गएको पहिरो, तस्वीर– जिल्ला प्रहरी कार्यालय गोरखा

काठमाडौं– देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण धेरै ठाउँमा अहिले वर्षा भइरहेको छ। वर्षासँगै आएको बाढी र पहिरोमा परेर पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ। 

अविरल वर्षासँगै शनिबार बिहान खसेको पहिरोमा पुरिएर गोरखामा एकै परिवारका २ जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमती ६८ वर्षीया नन्दकुमार पाण्डेको मृत्यु भएको हो। 

६० मिटर माथिबाट खसेको पहिरोले पुरेर घरमा रहेका दम्पत्तिको मृत्यु भएको हो। रिसानचोक गाउँपालिका–७ का वडाध्यक्ष सुरज ढकालका अनुसार घरमा दुईजना श्रीमान्–श्रीमती मात्रै बस्दै आएका थिए। 

गोरखामै खोलाले बगाएर अर्का १ जना युवकको मृत्यु भएको छ। अरुघाट गाउँपालिका–३ सोतीस्थित फुङ्गी खोलाले बगाउँदा आरुघाट–१ श्यामचेतका किरण लामाको मृत्यु भएको हो। 

बिहान खोला तर्ने फुङ्गी खोलामा आएको भेलले बगाएर किरणलाई करिब २० मिटर तल पुर्‍याएको थियो। बेहोस अवस्थामा  किरणको उद्दार गरी स्थानीयले उनलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए। तर, चिकित्सकले बिहान ११ बजे किरणलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए। 

Ncell 2
Ncell 2

शुक्रबार राति पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सडक माथिबाट पहिरो खस्दा गुडिरहेका गाडीमा सवार २ जनाको मृत्यु भएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सडक माथिबाट खसेको पहिरोमा ६ वटा सवारी साधन पुरिएका छन्। 

काठमाडौं आउँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रक माथि पहिरो खस्दा सहचालक चितवन घर भएका दोर्जे भनिने बिरबल प्रजाको मृत्यु भएको छ। यस्तै, ना ७ ख ३२० नम्बरको केन्टनरमा सवार भारत घर भएकी सोनी देवीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। चेपाङको शव ट्रकमा च्यापिएको अवस्थामा छ भने भारतीय नागरिक सोनी देवीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। 

पहिरोले बा १२ च ७१५६ नम्बरको भ्यान, ना ७ख ३२० नम्बरको कन्टेनर, भारतीय नम्बरप्लेट टीएन २८ एए– ०१२० को ट्रक, बा १ ग २८३१ नम्बरको र ना ८ ख ४५४० नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। 

शनिबार दिउँसो उदयपुरको चौदण्डी नगरपालिका–७ बेल्टारस्थित द्वार खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। खोला तर्ने क्रममा बगेर चोदण्डी नगरपालिका–६ बेल्टारका ६५ वर्षीय गुमेश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। 

मनसुन सक्रिय भएयता ४० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा मृत्यु भएका ६ जनासँगै यस वर्ष मनसुन सक्रिय भएपछि असार महिना यता मात्रै बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार असारयता २१ जना पुरुष, ११ जना महिला, ३ बाल र २ बालिकाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो।

गत असारयता बाढी तथा पहिरोमा परी सिन्धुपाल्चोकमा ५, गोरखामा ४, डोटीमा ४, रोल्पामा ३ जनाको मृत्यु भएको छ। यस्तै, धादिङ, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना तथा उदयपुर, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचचर, बझाङ र बाजुरा जिल्लामा १/१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

बाढी तथा पहिरोमा परेर अझै २४ जना बेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना अझै बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ। 
 
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो । बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधा... बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालकाे प्रयोग गर्... बुधबार, फागुन २७, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्