• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नगरकोटीको दशौं पुस्तक उत्सव चलिरहेछ

64x64
प्रकाश गुरागाईं आइतबार, असार २०, २०७८  ०७:०१
1140x725

टेबलमा कफी र एस्ट्रे छ। एस्ट्रेमा सल्किरहेको चुरोट छ। छेउमा आठ वटा कलम फिजाइएका छन्। ती कलममा फरक फरक रङका मसी छन्। कुमार नगरकोटी रंगीचंगी ‘अटोग्राफ’ दिइरहेका छन्।

नगरकोटी व्यस्त छन्। उनी व्यस्त भइरहने लेखक हुन्। तर, यसपटक उनको व्यस्तता लेखनमा होइन, अटोग्राफ माग्नेहरुसँगको भलाकुसारीमा हो। यही साता उनको नयाँ ‘भव्य’ पुस्तक आएको छ, कल्प–ग्रन्थ।

उनको किताबको सबैभन्दा अगाडि अंग्रेजीमा लेखिएको छ, ‘नगरकोटी काठमाडौं उपत्यकामा बस्छन्, साथमा छन् कलमहरु, कपीहरु, कफी र चुरोटहरु।’ काठमाडौं कालिकास्थानको एउटा कफी सपभित्र उनी पाठकबाट घेरिएका छन्। उनको अगाडि किताबमा उल्लेख गरिएका चारै वस्तु छन्। रंगीचंगी अटोग्राफ दिएर मात्र पाठकको चित्त बुझ्दैन। तस्वीर पनि खिचाउनुपर्छ। उनी पुस्तकसँग अनेक ‘पोज’ दिन्छन्। अनि कोही पाठकलाई भने उनी आफ्ना कथाको पृष्ठभूमि सुनाउन थाल्छन्।

नगरकोटीको दशौं पुस्तक उत्सव चलिरहेको छ। गएको १३ असारमा पत्रकार/लेखक नारायण वाग्लेलाई पुस्तक हस्तान्तरण गरेर ‘प्रि–बुकिङ’ गरेका पाठकलाई वितरण थालिएको थियो। त्यही दिनदेखि नगरकोटी पुस्तकमा हस्ताक्षर गर्न व्यस्त छन्। ‘यसअघिका किताबमा विमोचनको एक दिन हस्ताक्षर गरिन्थ्यो। त्यसपछि हस्ताक्षर माग्दै कोही आउँदैन थियो। यसपटक वितरण सुरु भएको दिनदेखि हस्ताक्षर गरिरहेको छु। केही दिन अझै होला’, नगरकोटीले सुनाए।

बुक–हिलले बिहीबारसम्म दैनिक ५० जना हाराहारीमा पुस्तक पाठकको दैलोसम्म पुर्‍याइरहेको थियो। शुक्रबारदेखि पठाओको इन्फी स्टोरमार्फत पनि पुस्तक पठाउन थालिएको छ। पुस्तक चाँडो पढ्न चाहने पाठकको हुटहुटी भएका कारण वितरणमा गति दिन पठाओको सहयोग लिएको बुक–हिलका भूपेन्द्र खड्का बताउँछन्।

पाठकलाई कल्प–ग्रन्थ पुस्तक मात्र पठाइएको छैन। सँगै पोष्ट कार्ड पनि छ। हरेक पोष्ट कार्डमा नगरकोटीले पाठकलाई सम्बोधन गरेका छन् र हस्ताक्षर पनि दिएका छन्।

नयाँ पुस्तालाई पोष्ट कार्ड नयाँ नै हुनसक्छ। तर, पुरानो पुस्तालाई ‘नोस्टाल्जिक’ बनाउन सक्छ। नयाँ वर्ष वा दशैंमा पोष्ट कार्डमार्फत दिइने शुभकामना अहिले देख्नै पाइँदैन। न त पोष्ट कार्ड बिक्रीमा राखेको नै देखिन्छ। तर, नगरकोटी परे, ‘पोष्ट कार्ड इरा’ सँगै हुर्किएका लेखक। अनेक अभिनेता, अभिनेत्रीका सुन्दर पोष्ट कार्डको पछाडि लेखिने सायरीका माध्यमबाट पक्कै शुभकामना बाँडेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक उनले पुस्तकसँगै पठाएको पोष्ट कार्डमा उनको आफ्नै तस्वीर छ, गम्भीर मुद्रामा सिगार पिइरहेको। पछाडि सायरी होइन दुई छोटा कविता छन्, आदिवासी र ईश्वर शीर्षकका। दायाँतर्फको माथिल्लो कुनामा कल्प–ग्रन्थको आवरणलाई हुलाक टिकटको स्वरुप दिइएको छ। त्यसमा नगरकोटीवाला टाँचा लगाइएको छ। र ठीक तल विभिन्न रङका अक्षरमा पाठकको नाम लेखिएको छ, नगरकोटी शैलीमा। उनी भन्छन्, ‘आई लभ कलर्स।’

उनका ३३ थान पोष्टकार्ड कथाहरु पनि संग्रहमा छन्। जसरी सायरी लेखिन्थ्यो उसैगरी पोष्ट कार्ड कथा लेखिएका छन्। छोटा, तर चोटिला। ‘पोष्ट कार्ड कथाहरु प्रेमिल र स्वप्नील छन्,’ उनी भन्छन्। सायद, त्यसैले प्रापक सबै महिला छन्। भूषिता वशिष्ठदेखि माल्भिका सुब्बासम्म, श्रृङ्खला खतिवडादेखि सपना रोकामगरसम्म र आनी छोइङदेखि मञ्जुश्री थापासम्म। लाग्छ उनीहरु पनि पोष्ट कार्ड कथाका पात्र हुन्।

उनले कथा भन्ने अनेक शैली अपनाएका छन्। प्रयोग नै नगरकोटीको पहिचान हो। यसलाई उनी प्रयोगभन्दा बढी ‘डिजाइन’ भन्न रुचाउँछन्। ‘मैले फिक्सन डिजाइन गरेको छु। जस्तो, ग्रे स्टोरीज पढ्नुभयो भने एकदमै भिजाएर लेखिएको अनुभूति गर्नुहुन्छ। अनुभूति नै फरक हुन्छ,’ उनी भन्छन्। उनलाई पाठकको प्रतिक्रिया भने आइसकेको छैन। अहिले त पाठकहरु यसको कभर, पेज, कथाको डिजाइन र बुनोटमै मुग्ध भइरहेको हुनुपर्ने उनी अनुमान गर्छन्।

कल्पग्रन्थमा नगरकोटीको अर्को उपहार पनि छ, खरबुजा। यो एउटा कथा हो। तर, यो कथा पुस्तकमा शीर्षक मात्र भेटिन्छ। विषयसूचीमा लेखिएको छ, खरबुजा–बुकलेट। पढ्दै जाँदा उक्त पृष्ठमा पुगेपछि मूलग्रन्थ छेउमा राखेर सानो पुस्तिका समात्नुपर्ने हुन्छ।

मूलग्रन्थमा कथाको शीर्षक ४१४ पृष्ठमा छ। बुकलेटमा कथा सुरु हुन्छ ४१९ पृष्ठबाट। त्यसअघिका पृष्ठ फेरि पनि प्रकाशकका लागि छुट्याइएका छन्।

मूलग्रन्थबाट कथालाई निकाल्ने नगरकोटीको ‘ड्रिम’ थियो। यस्तो प्रयोग उपन्यासमा त मिल्दै मिल्दैन थियो। थोरै पृष्ठको पुस्तकमा पनि संभव थिएन। अनि नगरकोटीले प्रयोगको मौका छोपिहाले। तर, पुस्तक संग्रह गरेर राख्ने पाठकहरु, खरबुजा हराउन सक्छ। जतन गर्नुहोला। पोष्टकार्ड पनि राखिराख्नुहोस्, हरायो भने पुस्तक अधुरो हुन्छ। त्यसमा भएका दुई कविता पनि कथा नै हुन्। विषयसूचीले त्यही भन्छ।

प्रि–बुकिङबाट रु.७५ लाख संकलन!
बुक–हिल पब्लिकेसनले कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’का लागि पूर्वभुक्तानी गर्नुपर्ने सूचना गत वर्ष नै जारी गर्‍यो। त्यससँगै सामाजिक सञ्जालमा आलोचना र समर्थन सुरु भयो। आलोचना यसको मूल्यमा थियो। मूल्य राखिएको थियो, रु.२०२१। यो मूल्य निकै चर्को भएको गुनासो धेरैको थियो।

तर, पुस्तक प्रकाशन भइसकेपछि मूल्य चर्को भएको गुनासो नआएको बुक–हिलका खड्का बताउँछन्। पुस्तक ८०० पृष्ठको छ। हार्डकभर। छुट्टै बक्स र झोला। पाठकले तामझामसहित पुस्तक पाउँछन्।

पुस्तकका लागि तीन हजार ७१३ जनाले प्रि–बुकिङ गरे। जसबाट रु.७५ लाखभन्दा बढी रकम उठ्यो। कुनै पनि पुस्तकको पहिलो संस्करणमा उठेको यो रकम अहिलेसम्मकै धेरै हो। तर, पुस्तकमा लगानी धेरै भएकाले सामाजिक सञ्जालमा हल्ला चलाएजस्तो नाफा नभएको खड्का बताउँछन्। उनी भन्छन्, ‘पुस्तकको छपाइ मूल्य नै १३ सय रुपैयाँ जति पुगेको छ। लेखकलाई रोयल्टी र डेलिभरी शूल्क पनि जोडिन्छ। त्यसैले यो नाफाका लागि गरिएको काम होइन।’ नगरकोटीको ‘भव्य’ लेखनीलाई सम्मानका लागि यसरी पुस्तक प्रकाशन गरेको उनी बताउँछन्।

नगरकोटीमाथि पनि पाठकलाई चर्को मूल्य तिराएको आरोप थियो। पुस्तक प्रकाशन भइसकेपछि भने मूल्यबारे गुनासो सार्वजनिक भएको छैन। बरु प्रि–बुकिङ गर्नेहरुले कल्प–ग्रन्थको तस्वीर सामाजिक सञ्जालमा हालेर टाइमलाइन ‘जाम’ गराइरहेका छन्। सायद नगरकोटीले भनेको ‘दशौं कृतिको उत्सव’को एउटा पाटो यो पनि हो। ‘अरु देशमा यस्तो अभ्यास छ। फेरि अरु पुस्तकमा यसै गर्ने भन्ने पनि होइन। मेरो दशौं कृतिलाई विशेष बनाउने सोच हो,’ उनी भन्छन्।

नगरकोटीका किताब प्रकाशन हुन थालेको १२ वर्ष भयो। पूर्णकालीन लेखक भएकै सात वर्ष भइसक्यो। कृति नबिके वा स्तम्भ लेख्न नपाए कसरी पूर्णकालीन लेखक हुने? त्यसैले लेखेर पैसा लिने विषय पाठकप्रतिको ‘न्याय वा अन्याय’ नभएको उनी बताउँछन्।

अझ उनले त यो कृति ५०० प्रति मात्र प्रकाशन गर्न चाहेका थिए। यसैगरी तामझामका साथ। ‘स्पेसल एडिसन’। मूल्य उति नै राखेर। तर, प्रकाशकले ‘प्रि–बुकिङ’को प्रस्ताव राखेपछि उनी सहमत भए।

कल्प–ग्रन्थको यो ‘प्रिमियम’ संस्करण हो। भविष्यमा पुस्तक फेरि प्रकाशन नहुने लेखक र प्रकाशक दुवैले बताएका छन्। पहिलो र अन्तिम पटक चार हजार प्रति छापिएको छ। अब अर्को पुस्तक यसै गरी छाप्न नसक्ने उनको भनाइ छ। ‘यो धेरै महङ्गो काम हो। हामीले गरेको काम नेपाली साहित्यको कोशेढुंगा हो। अरु लेखकका लागि बाटो खुलेको छ,’ खड्का भन्छन्, ‘तर, हामी फेरि यसै गरी अन्य लेखकको पुस्तक निकाल्ने सोचमा छैनौँ।’

नगरकोटीको पुस्तक पनि अपेक्षाअनुसार बुकिङ नभएको उनी बताउँछन्। उनले अरु एक दुई हजार प्रति बढी बुकिङको अपेक्षा गरेका थिए।

तर, साहित्यमा नयाँ प्रयोग गर्न पाउँदा उनी मख्ख छन्। किताब वितरणको चटारोले उनी पनि व्यस्त छन्। किताब लिन आउनेसँग भेट्नु, नगरकोटीसँग भेटघाट मिलाइदिनु, लेखक र पाठकको फोटो खिचिदिनु, बसेर एक कप कफी पिउनु उनको अस्थायी ‘सेड्युल’ बनेको छ।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्