काठमाडौं- काठमाडौंको मूलपानीमा टिपर खस्दा टहरामा सुतिरहेका एक दम्पतीको मृत्यु भएको छ।
बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर टहरामा खस्दा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्तीको ज्यान गएको प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।
टिपर चालक गोविन्द घलान पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।