फाइल तस्वीर
गोरखा- गोरखाको सिरानचोक गाउँपालिका-७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ।
शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको सिरानचोक गाउँपालिका–७ का वडा अध्यक्ष सुरज ढकालले बताए।
घरमा उनीहरु दुई जनामात्र रहेको र पहिरो खसेर घर पुरिएको विहान मात्र थाहा भएको उनले बताए।
पुरिएको घरबाट चार घन्टा लगाएर उनीहरुको शव निकालिएको ढकालले बताए। गोरखाका विभिन्न भागमा तीनदिन यता लगातार वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।