विराटनगर– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन भएका छन्।
यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलका नेता थिए। पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो।
त्यस्तै प्रदेश १ को संसदीय दलको उपनेतामा टंक आङ्बुहाङ चयन भएका छन्। आङ्बुहाङ तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता थिए।
संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्रबहादुर आङ्बोेको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।