मेलम्ची– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।
बाढीको पूर्वसूचना आएसँगै मानिसहरु सुरक्षित स्थानतर्फ जानसक्ने भएकाले साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ।
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम गर्न सकिने अपेक्षा गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए।
यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।