काठमाडौं- बैंकिङ कसुर मु्द्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले रामेछापका ४५ वर्षीय सानुकाजी महतलाई जोरपाटीबाट पक्राउ गरेको हो।
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई ४८ लाख जरिवाना र २० दिन कैदको सजाय सुनाएको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए।
रजनी मिश्र र महेश महर्जनले दायर गरेको दुई छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध उच्च अदालतले उक्त फैसला सुनाएको थियो।
मिश्रले दायरको गरेको मुद्दामा ३५ लाख जरिवाना र १५ दिन कैद र महर्जनले दायर गरेको मुद्दामा १३ लाख जरिवाना र ५ दिन कैदको फैसला उच्च अदालतले सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।