फाइल तस्वीर
काठमाडौं– अबिरल वर्षासँगै विभिन्न स्थानमामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। पानीपर्ने क्रम नरोकिएको र धेरै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले ३ वटा डोजर प्रयोग गरी पाँचकिलो र चार किलोमा खसेको पहिरो हटाउने प्रयास जारी रहेको जनाइएको छ। निरन्तर पानी परिरहेकाले अवरोध हटाउन दिनभर लाग्न सक्ने चितवन प्रहरीको भनाइ छ।
रातिदेखि नै पहिरो खसेकाले उक्त सडक हुँदै गन्तव्यतर्फ लागेका मालबाहक सवारी तथा अन्य साना सवारीसाधन बाटोमै रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।