फाइल तस्वीर
काठमाडौं– मंगलबार साँझदेखि परेको अविरल वषासँगै आएको पहिरोका कारण ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटरमा ठाउँठाउँमा पहिरो जाँदा राजमार्गको अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।
त्यसैगरी, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पनि पहिरो गएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।