काठमाडौं- लमजुङका विभिन्न क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ। घरेढुङ्गा, राइनासटार, बिमलनगर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा भएको हो।
भारी वर्षापछिको बाढीले बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकोले नदी तटिय क्षेत्र तथा होचा स्थानमा डुबान हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।