काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
शेर्माथाङ, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रमा बुधबार साँझदेखि लगातार वर्षा भइरहेकाले मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
यसअघि असार १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो।
अहिले पनि फेरि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।