काठमाडौं- मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (बिहीबार) देखि बिक्री खुला भएको छ।
लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२ दशमलव ११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
लघुवित्तले निष्कासन गरेको सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका न्युनतम १० कित्ताका दरले आवेदन दिन सक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ।
निष्कासन बन्द छिटोमा असार २१ गते तथा ढिलोमा असार ३१ गते हुने क्यापिटलले बताएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय एवं मेरोसेयर सफ्टवेयरमार्फत् पनि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।