१) एमालेले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक, तत्कालीन एमालेमा नरहेका पनि स्थायी कमिटीमा समेटिए, नेताहरुलाई ओलीले गरेको कारबाही निष्प्रभावी, कारबाहीको कुनै सन्दर्भ नरहेको प्रवक्ता ज्ञवालीको भनाइ। (एमालेले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक)
२) पुनः बढ्दै कोरोना संक्रमण- चार जनामा परीक्षण गर्दा एक जनालाई संक्रमण, बुधबार २ हजार ८९२ जनामा संक्रमण पुष्टि, तेस्रो चरणको जोखिम न्यूनीकरण तयारीमा जुट्दै मन्त्रालय। (पुनः बढ्दै कोरोना संक्रमण)
३) प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीका कानुन व्यवसायीले थाले बहस, रिटमा पाँच जनाको मात्र हस्ताक्षर रहेको भन्दै अन्यको सनाखतलाई मान्यता दिन नहुने जिकिर। (प्रधानमन्त्रीका कानुन व्यवसायीले थाले बहस)
४) किम जोङ उनले गरे पार्टी नेताहरुको आलोचना, कोभिड-१९ नियन्त्रनमा सफलता नमिलेको र त्यसले ‘गम्भीर संकट’ उत्पन्न भएको आरोप, केही शीर्ष नेतालाई जिम्मेवारीबाट हटाए। (किम जोङ उनले गरे पार्टी नेताहरुको आलोचना)
५) र, जारी युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरु आगामी शुक्रबारदेखि सुरु हुने, बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा। (यूरोकप क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।