काठमाडौं- एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा ‘एनएमबि सापटी २.०’ सुरू गरेको छ। जसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटलरूपमै गर्न सकिने जनाएको छ।
यो नेपालमै पहिलोपटक २४ सै घण्टा र सातै दिन पूर्णस्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ। यस सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ।
‘एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोविनाको कर्जा हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहक महानुभावहरूलाई २४ महिनासम्मको लचिलो अवधिसहित दुई लाख रूपैयाँसम्म २४ सै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइनेछ।’
ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्नसक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।