लहान– कमला नदीको बीच भागमा फसेका ४ जनाको सकुशल उद्दार भएको छ। ८ घण्टाको प्रयासपछि सुरक्षाकर्मीको टोलीले बुधबार ३ महिलासहित ४ जनाको सकुशल उद्दार गरेको हो।
बुधबार बिहान नदीको बीच भागमा रहेको जङ्गलमा दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका—३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर बीच भागमा घेरिएका थिए।
बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प्रयासपछि तीनै महिलालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। उद्धार गरिएका महिलालाई आफन्तको जिम्मा लगाइएको प्रनाउ श्रेष्ठले बताए।
यस्तै सोही नदीको बीच भागमा पर्ने जङ्गलमा छाप्रो थापेर बस्दै आएका धनुषाको कजरा निवासी ४० वर्षीय साधु बाबाको समेत उद्धार गरिएको प्रहरीले जनाएको छ। राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।