काठमाडाैं- सरकारले नेपाल-अंग्रेज युद्ध लडेका वीर सैनिक भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ।
असार १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले थापालाई राष्ट्रिय विभूतिमा समावेश गरेकाे जानकारी दिएका हुन्।
यसअघि १६ जनालाई सरकारले राष्ट्रिय विभूति घाेषणा गरेकाे थियाे।
सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।