काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिनेलाई समेत पक्राउ गरेर मुद्दा दायर गरेको छ। घुस दिएको आरोपमा अख्तियारले सर्लाहीको ईश्वरपुर नगरपालिका बस्ने सोभिता साहविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रहरी चौकी गौरीशंकर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव संलग्न भएको घुसरिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा साक्षीका रुपमा पेस उजुरी निवेदक साहको अदालतमा वकपत्र लिइएको थियो। वकपत्र गर्दा निवेदनको व्यहोरा र अनुसन्धानका क्रममा गरेको कागजको व्यहोरालाई अन्यथा हुनेगरी प्रतिकूल वकपत्र गरेको पाइएको आयोगले जनाएको छ।
त्यसपछि साहमाथि नै अनुसन्धान गर्दा साहले असई यादव भएको मुद्दामा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको सहयोग प्रतिकूल हुनेगरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। घुस दिने कार्यसमेत भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध अख्तियारले पाँच हजार बिगो माग गर्दै मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।