• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विद्यालय खुल्नासाथ संक्रमणबाट कसरी जोगाउने हाम्रा नानीहरूलाई?

प्रेमबहादुर थापा/सरस्वती केसी बिहीबार, असार १७, २०७८  ०७:०३
1140x725

गएको असार १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तर, बालबालिका विद्यालय जान पाएका छैनन्। प्रविधिमा पहुँच भएकाहरु अनलाइनबाटै पढिरहे पनि प्रविधिमा सबैको पहुँच छैन। उनीहरुलाई एकैठाउँ जम्मा पारेर पढाउन सक्ने वातावरण पनि छैन।

विद्यालय शिक्षाका प्रमुख सहजकर्ता शिक्षक हुन्। देशभर सामुदायिक र संस्थागत विद्यालयमा करिब साढे चार लाख शिक्षक तथा कर्मचारी कार्यरत् छन्। शिक्षकको काम भौतिक उपस्थितिमा बालबालिकासँग घुलमिल भएर सिकाइ गराउनु हो। महामारीले यो प्रक्रिया अवरुद्ध छ। 

सरकारले गत वर्ष भदौ १९ मा ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्‍यो। निर्देशिकाको दफा ३ मा सिकाइका दृष्टिले स्रोत साधनमाथि पहुँचका आधारमा पहिचान गरी विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ। पहिलो समूहमा ‘सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी’ छन्। यो समूहलाई शिक्षकले भौतिक उपस्थितिमा प्रत्यक्ष रुपमा अध्यापन गर्नुपर्छ। चालु शैक्षिक सत्रमा पनि सो निर्देशिका अनुसार नै सिकाइ सहजीकरण गर्न सरकारले परिपत्र गरेको छ।

कोरोना महामारीका बेला वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ। वैकल्पिक सिकाइको एउटा माध्यम अनलाइन कक्षाले दुर्गम क्षेत्रका अधिकांश बालबालिकालाई समेट्न नसकेको गत वर्षको अनुभवले देखाउँछ। जस्तै, पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सामुदायिक विद्यालयका झण्डै ९५ प्रतिशत विद्यार्थी सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर छन्।

यस्ता विद्यार्थीका लागि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ। तर, कक्षा कोठा र कक्षा कोठाबाहिर भौतिक दूरी कायम गर्न/गराउन कठिन छ। बुटवलमा गरिएको एक अध्ययनले त्यस्तो कठिनाइ बाहिर ल्याएको हो।

गएको पुसमा बुटवलका केही विद्यालयले भौतिक रुपमा नै कक्षा सञ्चालन गरे। त्यहाँ गरिएको एउटा अध्ययन अनुसार विद्यालयमा भौतिक दूरी कायम नगर्ने विद्यार्थी र शिक्षक ७६ प्रतिशत थिए। अपर्याप्त भौतिक दूरी कायम गर्ने १८ प्रतिशत र पर्याप्त भौतिक दूरी कायम गर्ने जम्मा ६ प्रतिशत थिए। कम उमेरका बालबालिकालाई बेन्चमा भौतिक दूरी कायम गराएर त राखिन्छ, तर उनीहरु चुलबुले स्वभावका हुन्छन्। एक-आपसमा झगडा गरिरहन्छन्। यसबाहेक पानी पिउन र शौचालय जाँदा–आउँदा तथा कुनै शैक्षिक क्रियाकलाप गराउँदा पनि भौतिक दूरी कायम गराउन हम्मे हुन्छ। 

बुटवलमा गरिएको अध्ययन अनुसार विद्यालयमा उपस्थितमध्ये १८ प्रतिशतले मास्क लगाएका थिएनन्। मास्कको उपयुक्त प्रयोग नगर्ने १२ प्रतिशत थिए। ठीकसँग लगाउने ७० प्रतिशत थिए। ७० प्रतिशतमध्ये पनि केहीले निकै पुराना, पुनःप्रयोग गर्न नमिल्ने र मैलो मास्क लगाएका थिए। 

परम्परागत सिकाइ प्रक्रियामा शिक्षकले धेरै बोलिरहनुपर्ने हुन्छ। यसकारण मास्कमा थुकका छिट्टा धेरै नै पर्छन्। धुलो टाँसिने सम्भावना पनि बढी हुन्छ। त्यसैगरी बालबालिकालाई सुरक्षित तरिकाले मास्क लगाउने बानी पार्न पनि कठिन छ। शिक्षकले निर्देशन गरेको बेला मात्र मास्क लगाउने अन्यथा तल वा माथि सार्ने तथा निकालेर खल्तीमा राख्ने गर्छन्। अर्काेतर्फ गर्मी मौसममा पसिनाले संक्रमित बाहिरी वातावरण र नाक तथा मुखको संसर्ग हुने संभावना बढी हुन्छ। अतः कोरोना भाइरससम्बन्धी सुरक्षा मापदण्डको पूर्णतः पालना गर्न र गराउन गाह्रो हुने सार्वजनिक क्षेत्रमध्ये विद्यालय पनि एक हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले २०७७ कार्तिक २० मा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्‍यो। कार्यढाँचा अनुसार भौतिक उपस्थितिमै सिकाइ गराउन देशभरका विद्यालय सञ्चालन भए। खोप प्रयोजनका लागि गत पुसमा सामुदायिक तथा संस्थागत विद्यालयका सबै शिक्षक र कर्मचारीको विवरण संकलन गरियो। तर, एकाध जिल्लामा पहिलो चरणको खोप कार्यक्रम संचालन भएपनि अधिकांश ठाउँमा व्यवस्थापन हुन सकेन। 

खोप सबै नागरिकका लागि आवश्यक छ। तर, दैनिक हजारौं विद्यार्थीसँग प्रत्यक्ष संसर्ग हुने व्यक्ति खोपको प्राथमिकतामा नपर्दा जोखिम बढ्छ। यो आलेख तयार पार्दासम्म कोरोनाका कारण मृत्यु हुने शिक्षकको संख्या १३४ पुगेको छ। 

अघिल्लो शैक्षिक सत्रमा ६ महिना पनि पूरा दिन कक्षा सञ्चालन हुन सकेनन्। वार्षिक परीक्षा अनलाइनको भरमा गरियो। कतै त पूर्व–परीक्षाका आधारमा नतिजा प्रकाशन गरियो। कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने अन्योल कायम छ।

गएको १ असारदेखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ। सामुदायिक विद्यालयमा भर्ना अभियान चलिरहेको छ। केही स्थानीय तहले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको तयारी गरेका छन्। तर, संक्रमणको जोखिम उस्तै छ। यस्तो विषम परिस्थितिमा भौतिक उपस्थितिमै सिकाइ सहजीकरणका लागि शिक्षक कस्तो मनोबल लिएर विद्यालय उपस्थित हुने होला?

Xtrem

Xtrem

महामारी मत्थर हुनेबित्तिकै शैक्षिक संस्था पुनः पुरानै अवस्थामा सञ्चालन गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि पर्याप्त पूर्वतयारी चाहिन्छ। सरकारले प्राथमिकताका आधारमा शिक्षकका लागि खोप कार्यक्रमलाई पूर्णता दिए मात्र कक्षा सञ्चालनको अनुकूल वातावरण बन्छ। त्यसबाहेक स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड समेत पालना गराउन आवश्यक काम गरिनुपर्छ। (केसी सामुदायिक विद्यालयको शिक्षक र थापा कर्मचारी हुन्।)

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्