काठमाडौं- आज कोशी र नारायणीका केही सहायक नदीहरु तथा पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भइ बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको छ। बहाब बढ्दो क्रममा रहेपनि यी नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै छ।
आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी, मार्स्याङदी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
त्यस्तै पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।
मनसुन सक्रिय बनेकाले आजदेखि भारी वर्षाको सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा थप सतर्कता अपनाउ आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।