काठमाडौं– मनसुन सक्रिय बनेकाले आजदेखि भचारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार देशभर सामन्यदेखि पूर्ण बदली रही धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको रही पूर्वी तथा मध्यभागमा वर्षा भइरहेको महाशाखाले बताएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावनासमेत रहेको छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।