• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली सरकारका चार मन्त्री : एउटाबाट अर्को मन्त्रालय घुम्दै भ्याइनभ्याइ

64x64
वीरेन्द्र ओली बुधबार, असार १६, २०७८  ०७:०४
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा अहिले उनीबाहेक चार मन्त्री छन्। सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारलाई खारेज गरेपछि एकैपटक २० मन्त्रीले पदबाट हात धुनु पर्‍यो। तर, त्यसको भार अहिले ओली क्याबिनेटका चार मन्त्रीमाथि थोपरिएको छ। सर्वोच्चको आदेशपछि ओलीले क्याबिनेटमा बाँकी रहेका चार मन्त्रीलाई नै थप मन्त्रालयहरूको जिम्मेवारी दिएका छन्। 

गत असार ८ गते सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको भन्दै प्रधानमन्त्रीको निर्णय बदर गर्दा जसपाबाट मन्त्री बनेका ११ र एमालेबाट मन्त्री बनेका ९ जना बाहिरिएका थिए। 

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंले राखेका छन् भने बाँकी १९ मन्त्रालयमध्ये विष्णु पौडेलले अर्थसहित चार मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ, बसन्त नेम्वाङ र लिलानाथ श्रेष्ठले ५/५ मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालेका छन्।

एउटै मन्त्रीलाई पाँचवटा मन्त्रालयको जिम्मेवारी बोक्नुपर्ने भएकाले उनीहरूलाई भ्याइनभ्याइ हुन थालेको छ। अहिले एउटा मन्त्रीले पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेपछि उनीहरू पाँच दिनमै दिक्क मान्न थालेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि राजनीतिक परिवेश फेरिने भएकाले त्यो समयसम्मका लागि पर्खेर बस्नुपर्ने बाध्यता रहेको मन्त्रीहरूले निकटस्थहरूलाई सुनाउने गरेका छन्। सबै मन्त्रालयमा समय दिनुपर्ने बाध्यता भएपछि मन्त्रीहरूले कार्यतालिका नै बदलेका छन्। 

विष्णु पौडेल : गृहमा दैनिक एक घण्टा, उद्योग र ऊर्जामा आलोपालो दिन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भागमा चार मन्त्रालय छन्। अर्थको अतिरिक्त गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पनि पौडेललाई छ।

तर, उनी प्रायः अर्थ मन्त्रालयमै रहने उनका स्वकीय सचिव यमप्रसाद पाण्डेले बताए। गृह मन्त्रालय शान्ति सुरक्षासँग जोडिएको संवेदनशील मन्त्रालय भएकाले दैनिक एक घण्टा पुग्ने गरेको उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

उद्योग वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा एकदिन बिराएर पुग्ने गरेका छन्। ‘मन्त्रीज्यूलाई चार मन्त्रालयको जिम्मेवारी थपिएपछि सबै मन्त्रालयमा एकसरो पुगेर कार्यभार सम्हाल्नुभयो। त्यसपछि चार मन्त्रालयमा मन्त्रीज्यू जाने कार्यतालिका बनाएका छौं। गृहमा दैनिक एक घण्टा, उद्योग र ऊर्जामा एक दिन बिराएर पुग्नु हुन्छ’, पाण्डेले भने, ‘अरु समय अर्थ मन्त्रालयमा बिताउनु हुन्छ। त्यहीँ बसेर काम गर्नुहुन्छ। तीन मन्त्रालयका सचिवज्यूले मन्त्रीज्यूलाई दैनिक ब्रिफिङ गर्नुहुन्छ।’ 

पौडेललाई चार मन्त्रालयको जिम्मेवारी परेपछि प्रायः बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिंहदरबारमै हुने गरेको उनको सचिवालयले जनाएको छ।

बसन्त नेम्वाङ : बार मिलाएर मन्त्रालयमा हाजिर 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई पाँच मन्त्रालयको जिम्मेवारी छ। जसमा सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपंक्षी विकास, खानेपानी र शहरी विकास मन्त्रालय छन्। 

प्रायः बिहान १० बजेदेखि १ बजेसम्म नेम्वाङ भौतिक मन्त्रालयमा बस्ने गरेपनि चार घण्टा चार मन्त्रालयमा कार्यतालिका बनाएर बिताउने गरेका छन्। आइतबार, मंगलबार र बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म खानेपानी मन्त्रालयमा बस्ने गरेका छन्। सोही बार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चार मन्त्रालयमा बस्ने गरेका छन्। 

यस्तै, सोमबार, बुधबार र शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म शहरी विकास मन्त्रालयमा बस्ने गरेका छन्। सोही बार दिउँसो ३ बजेदेखि ५ बजेसम्म कृषि मन्त्रालयमा बिताउने गरेका छन्। सबै मन्त्रालयलाई उत्तिकै महत्त्वपूर्ण ठानेर समय दिएको मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ।

लिलानाथ श्रेष्ठ : कानुन बाहेक अरु मन्त्रालयमा दैनिक २ घण्टा 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पनि पाँच मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा जेष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन छन्। श्रेष्ठ बिहान प्रायः ९ बजे कानुन मन्त्रालय पुगेपछि कार्यतालिका बमोजिम अन्य मन्त्रालयमा पुग्ने गरेका छन्।

आइतबार, मंगलबार, बिहीबार श्रेष्ठ सामान्य प्रशासन र भूमि मन्त्रालय पुग्ने गरेका छन्। सोमबार, बुधबार र शुक्रबार पर्यटन र महिला बालबालिका मन्त्रालयमा पुग्ने गरेका छन्। 

कानुन मन्त्रालय बाहेक अरु चार मन्त्रालयमा २ घण्टाको दरमा मन्त्रालयमा बस्ने गरेको उनको सचिवालयले जनाएको छ। एउटा मन्त्रालयमा कामको चाप हेरेर दैनिक २ घण्टाको दरले बस्ने कार्यतालिका बनाएका छन्। अरु दिन दैनिक ३ बजेदेखि भेटघाटका लागि कानुन मन्त्रालयमै व्यवस्था गरिएको छ। एउटै मन्त्रीले पाँच मन्त्रालयको जिम्मेवारी हेर्न नसक्ने भएकाले दीर्घकालीन असर पर्ने काम नगर्न सचिवहरुलाई निर्देशन दिएका छन्।

कृष्णगोपाल श्रेष्ठ : प्राथमिकतामा शिक्षा र स्वास्थ्य मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पनि पाँच मन्त्रालयको जिम्मेवारी छ। जसमा वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन्। तर, उनको बढी प्राथमिकता शिक्षा र स्वास्थ्य मन्त्रालयमा छ। 

‘मन्त्रीज्यूलाई पाँच मन्त्रालयको जिम्मेवारी लिनु पर्ने बाध्यता भएपछि एकपटक सबै मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नु भयो’, श्रेष्ठका प्रेस संयोजक ईश्वरराज ढकालले भने, ‘खेलकुद र वन मन्त्रालय त्यसपछि काम परे मात्रै जानु हुन्छ। नभए शिक्षा र स्वास्थ्य मन्त्रालयमा नियमित बराबर समय दिनु भएको छ।’ 

कोरोना महामारीमा शिक्षा र स्वास्थ्य सबैभन्दा धेरै प्राथमिकता परेकाले दुई मन्त्रालयमा नियमित जाने गरेको ढकालले बताए।  

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बुधबार, वैशाख ३०, २०८३
काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । बुधबार, वैशाख ३०, २०८३
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान सामाजिक सञ्जालमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने लेख्दै नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बुधबार, वैशाख ३०, २०८३
सुनको मूल्य घट्यो बुधबार, वैशाख ३०, २०८३
स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै बुधबार, वैशाख ३०, २०८३
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सदनमा प्रधानमन्त्रीको व्यवहार अस्वभाविक भएकाले स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्