काठमाडाैं- नबिल बैंकले 'नबिल दिगो बैंकिङ' स्थापनाको घोषणा गरेको छ। बैंकले मंगलबार 'भर्चुअल' कार्यक्रममार्फत् उक्त घोषणा गरेको हो।
बैंकिङ पहुँच नपुगेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापना स्थापना गरिएको बैंकले जनाएको छ।
'संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्मगएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको बताए। 'हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ। तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।