काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव रहेको मैनालीलाई सोमबार नेप्से अध्यक्षमा नियुक्ति गरिएको हो।
मैनाली यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए। नेप्से अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।