काठमाडौं- राष्ट्रिय महिला भलिबल टिमकी व्यवस्थापक निरोज मास्केले राजीनामा दिएकी छन्।
फिलिपिन्समा दुई महिनापछि हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको टोलीको प्रशिक्षणका लागि व्यवस्थापनमा खटिएकी मास्केले मंगलबार राजीनामा दिएकी हुन्।
मास्के नेपाल भलिबल संघकी उपाध्यक्ष समेत हुन्। मास्केले संघका कार्यवहाक अध्यक्ष याम गुरुङ र महासचिव जितेन्द्र चन्दलाई राजीनामा पत्र बुझाएको बताइन्।
आफू व्यवस्थापकका रुपमा नरहे पनि संघको अन्य काममा भने विगतमा जस्तै सक्रिय रहने उनले बताएकी छिन्।
भदौ १३ देखि २० गतेसम्म हुने च्याम्पियनसिपका लागि संघले २७ खेलाडीको प्रशिक्षण गराइरहेको छ।
टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन्। संघको शुक्रबार बसेको बैठकले संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिति पनि गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।