काठमाडौं- आज कन्काई, कोशी, कमला, बागमती, नारायणी जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केही बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार विहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ। त्यस्तै कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, कोशी, नारायणी र यसका स-साना सहायक नदीमा बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज पश्चिम राप्ती, बबईमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ। कन्काई, कमला, बागमती जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केही बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्गजा, पर्वत, कास्की, बागलुङ, परासी लुम्बिनी प्रदेशको नवलपुर, पाल्पा, गुल्मी र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।