काठमाडौं– आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहने र प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
बुधबारबाट मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ। मनसुनी न्युन चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले बुधबारदेखि मनसुन सक्रिय हुन लागेको महाशाखाको भनाइ छ।
मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
देशका अधिकांश पहाडी भूभागमा पहिरो, गेग्रान बहाव, नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।