फइल तस्वीर
काठमाडौं– आज असार १५, देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो। कोरोना महामारीका कारण यो वषधान दिवसमा कुनै औपचारक कार्यक्रम भने नगरिने जनाइएको छ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिले मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी औपचारिक रूपमा धान दिवस मनाउने तयारी गरेको छ।
देशभर विभिन्न जिल्लामा समेत औपचारिक रूपमा सामान्य कार्यक्रम गरी धान रोपेर धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।
कोरोनाको महामारीलाई ध्यानमा राख्दै भिडभाड नगरी सुरक्षाका मापदण्ड पालना गरी धान दिवस मनाउन आग्रह गरिएको मन्त्रालयको भनाइ छ।
नेपालमा कृषियोग्य जमीनको ४७ प्रतिशतमा धानखेती गरिन्छ। अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत हिस्सा धानको रहेको छ । चालू आव २०७७÷७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५७ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको सरकारी तथ्न्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।