• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको मुखमा २०७५ जेठ २, बगलीमा २०५९ माघ २२

64x64
डिबी खड्का सोमबार, असार १४, २०७८  २२:३०
1140x725

काठमाडाैं- आइतबार नेकपा एमालेको स्थायी कमिटी बैठकले असार १६ गते नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गर्‍यो। त्यही बैठकबाट पार्टीका सवै संरचना २०७५ जेठ २ मा फर्काउने तयारी थालिएको पनि भनियो। 

वरिष्ठ नेता माधवकुमार नेपालपक्षको ‘बटमलाइन’मा पार्टी संरचना पुर्‍याउने उक्त निर्णयले एमाले एकताउन्मुख रहेको संकेत गथ्र्यो। यहीबेला दुवैतर्फका दोस्रो तहका नेताहरु अनौपचारिक वार्तामा समेत रहेकाले त्यसमा बल पुग्यो। 

पार्टी संरचनालाई एमालेको पूर्ववत् अवस्थामा पुर्‍याएर सहमतिको हात बढाए जस्तो गर्ने निर्णय गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली भोलिपल्टै, सोमबार भने नेपालप्रति निकै असहिष्णु देखिए। आफ्नै पदको गरिमालाई गिज्याउने तहमा उत्रिए। एमालेलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन मुख्य योगदान गरेका दिवंगत नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा देखिएको ओलीको उक्त प्रस्तुतिले एमाले एकताको पहल लगभग बिथोलिएको संकेत गरेको छ। 

केही समयअघि आफैंले ६ बुँदे एकताको प्रस्तावसमेत अघि सारेका ओलीको मुखमा २०७५ जेठ २ भएपनि बगलीमा सातौं महाधिवेशन अर्थात् २०५९ माघ १८ देखि २२ रहेको सोमबारको प्रस्तुतिले प्रष्ट्याउँछ। यो महाधिवेशनले एमालेका यी दुई शिर्ष नेताहरुबीच मनमुटाव सिर्जना गरेको थियो। गुन र वैगुन दुवै सजिलै नबिर्सने ओली आफू शक्तिमा पुगेका बेला त्यसबेला खपेको अपमान किस्ता–किस्तामा चुकाइरहेका छन्। 

ओलीले सोमबार अकस्मात् यो मिति फेरि सम्झिए। त्यो मिति ओलीले आफ्नो जीवनको पानामा कहिल्यै नमेटिनेगरी लेखेका छन्। किनभने त्यसअघि नै महासचिव रहेका नेपालले आफूलाई उक्त पदमा उठ्न नदिने षड्यन्त्र गरेको ओलीलाई आज पर्यन्त लागिरहन्छ। 

नेपालको पेलान र ओलीको इगो
सातौं महाधिवेशनमा वरिष्ठ नेता नेपालले महाधिवेशन प्रतिनिधि नभइ ‘खेताला (जन)’ ल्याएर आफूलाई पेलेको उनलाई महशुस भएको हो। 

उक्त महाधिवेशनमा ओलीले महासचिव प्रणालीलाई खारेज गरेर पार्टीलाई बहुपदीय नेतृत्व प्रणालीमा लैजानुपर्ने प्रस्ताव अघि सारेका थिए। त्यसबेला ओलीले अध्यक्ष, उपाध्यक्ष र महासचिव, सचिव बनाउने प्रस्ताव गरेको विशाल भट्टराई बताउँछन्। 

नेपाल नै अध्यक्ष भएपनि आफू महासचिव भएर काम गर्न उनले उक्त प्रस्ताव अघि सारेका थिए। तर, नेपाल पक्षले त्यसलाई स्वीकारेन। नेपाल पक्ष नै शक्तिमा भएका कारण धेरै प्रतिनिधिहरु ल्याएका कारण ओलीले ल्याएको उक्त प्रस्ताव अस्वीकृत भयो भने महासचिवमै नेपालसँग भिड्न चाहेका ओलीलाई उनकै निकटस्थहरुले रोकेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि त्यो बेला ओलीले भाषण गरेका थिए, ‘पार्टी बलियो बनाउन म ९ हात पर जान तयार छु, तपाईं एक हात वर आउनुहुन्छ?’ शक्तिमा रहेका नेपालले ओली पक्षलाई महाधिवेशनमा त पेल्यो नै, महाधिवेशनपछि पनि जिम्मेवारीविहीन बनायो। उक्त महाधिवेशनमा ४५ सदस्यीय पूर्ण सदस्यमध्ये ओली पक्षबाट ओलीसहित विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवाली, काशिनाथ अधिकारी मात्रै निर्वाचित भए। ओली पक्षका नेताहरु पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, सोमनाथ प्यासी, वाचस्पति देवकोटा लगायत ५४ जनाले जिम्मेवारी नपाएपछि सामूहिक रूपमा वक्तव्य निकालेर जिम्मेवारी दिन माग गरेका थिए।

प्रतिनिधी होइन, नेपालका ‘जन’
सोमबार ओलीको मानसपटलमा त्यही २०५९ माघ २२ गतेको घटना दोहोरियो। आफ्नो विचारलाई महाधिवेशनमा राख्न समेत नदिएको घटनालाई स्मरण गर्दै ओलीले सोमबार सार्वजनिक रुपमै तत्कालीन महाधिवेशन प्रतिनिधिलाई नेपालका खेताला (तराइको भाषामा जन)को संज्ञा दिए। 

उनले त्यो दृष्य सम्झँदै भने, ‘सातौं महाधिवेशनमा दृष्य के भयो भने विचारका धेरै प्रतिनिधि त्यहाँ विचारको होइन, खेताला (जन)का रुपमा उपस्थित थिए। जसरी ठेकेदारले पोखरी खन्ने ठेक्का लिन्छ। जनहरु लिएर आउँछ। यति फिट खाल्टो खन भन्छ। जनहरु केको लागि सोध्दैनन्। जग्गा कसको भनेर धनीपूर्जा सोध्दैनन्।  माछा पाल्नलाई हो कि? भैंसीलाई आहाल बसाउन हो? सोध्दैनन्। उनीहरुलाई आफ्नो ज्यालासँग मतलब हुन्छ।’

नेपालले राजनीतिक कार्यकर्तालाई जनमा परिणत गरिदिएको उनको टिप्पणी थियो। उनले थपे, ‘कार्यकर्तालाई विचार होइन, स्वार्थ बोकाउने गरियो, विचारको सम्प्रषेण होइन, स्वार्थको सम्प्रेषण गराउन लगाइयो।’

नेपालसँगै शिष्टतामाथि धावा
तीतो विगतले स्वाभाविक रुपमा झस्काउँछ। तर, सोमबार ओलीलाई त्यसले आफ्नै पदीय मर्यादा र गरिमा समेत बिर्सायो। आफूले बेलामौकामा दिने गरेको शिष्टताको अर्तीसमेत तपसिलमा राख्ने तुल्यायो।

यो पनि पढ्नुहोस्

ओलीको बोली- माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बाैलाहा कुकुरले टोकेको छ र?सोमबार, असार १४, २०७८

वरिष्ठ नेता नेपालमाथि धावा बोल्ने क्रममा उनले शिष्टतामाथि नै धावा बोले। आफैं स्थानबाट केही तल ओर्लेर नेपालविरुद्ध पाखुरा सुर्किने क्रममा ओलीले भने, ‘तपाईं हामीले सुनेका हौंला, सवैजसोले सुने होलान्। माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन्। नेपालको राजनीतिमा सवैजसोले चिन्छन्। असाध्यै चर्चा भइराखेको छ। मान्छे यतिसम्म पनि पतन हुँदो रहेछ कि आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्दो रहेछ।’

त्यतिमै रोकिएनन् उनी। आफू अन्त लागिसक्ने अनि एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने भन्दै कड्किए। अझै तीतो पोखे, ‘यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले त होइन, नकारात्मक रुपमा पनि हुन्छ नि। गान्धीको मात्रै हुँदैन, नाथुराम गोड्सेको पनि हुन्छ।’

बौलाहा कुकुरले टोकेको प्रसंग
केही दिनअघि नेता नेपालले आफूलाई ओलीले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको तर, अस्वीकार गरेको बताएका थिए। गठबन्धनलाई धोका नदिने प्रसंगमा उनले यस्तो बताएका थिए। 

ओली निकटस्थले केही सञ्चारमाध्यममा प्रधानमन्त्री दिएर भएपनि नेपाललाई फकाउनुपर्ने धारणा राखिरहेका छन्। त्यसैलाई आधार बनाएर नेपालले उक्त कुरा उल्लेख गरेको धेरैको अनुमान छ। 

यो पनि पढ्नुहोस्

ओलीलाई माधवको कटाक्ष– बौलाहा कुकुरले टोकेको छ भनेर कति राम्रो बोल्नुभो !सोमबार, असार १४, २०७८

उक्त कुराको खण्डन प्रधानमन्त्री ओलीले गरे। तर, त्यो खण्डनमा उनले प्रयोग गरेको भाषा पाच्य देखिएन। उनले भने, ‘केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै हिँडेका छन्। मलाई बौलाहा कुकुरले टोक्या छ र? कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रस्ताव केपी ओलीले राख्ला?’

आफैं आफ्नो महत्व बढाएर अध्यक्षको प्रस्ताव राखेको र प्रधानमन्त्रीको प्रस्ताव राखेको बताउँदै हिँडेको ओलीको आरोप छ।  त्यतिमै नरोकिएका ओलीले नेपाल कांग्रेस वा माओवादी केन्द्र नै प्रवेश गर्ने तयारीमा रहेको समेत आरोप लगाए। ‘उनी देउवाको पार्टी नै ज्वाइन गर्न सक्छन्। प्रचण्डको पार्टी नै ज्वाइन गर्न सक्छन्। उनी प्रचण्डको मामुली कार्यकर्ता हुन्,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले अरुलाई मानसम्मान गर्न र मर्यादा राख्नुपर्छ भनेर पाठ सिकाउने, तर आफूले भने मर्यादा नाघेर बोल्ने गरेको नेपालले टिप्पणी गरे। 

ओलीको यो टिप्पणीको जवाफ नयाँ वानेश्वरमा भएको पाँच दलीय गठबन्धनबाट दिए नेपालले। ‘ओलीजी मानसम्मान र मर्यादा राख्नुपर्ने भन्ने गर्नुहुन्छ। उहाँका भाषण सबै रेकर्ड गरेर राख्नुहोला। त्यो बडो मननीय छ। ध्यान दिनलायक छ। सबैले सिक्नैपर्छ। त्यसले पोजिटिभ सिकाउँछ कि नेगेटिभ सिकाउँछ, त्यो आफ्नै ठाउँमा छ,’ नेता नेपालले भने, ‘तर, सिक्नु चाहिँ पर्छ। माथि कस्तो बानी छ, त्यसको असर तल तलसम्म पनि जाँदोरहेछ।’

ओली–नेपालबीचको यो क्रियाप्रतिक्रियाले एमाले एकता आशा गरिरहेका कार्यकर्तामा भने निराशा फैलिएको छ। दुवैतिरका नेताहरुलाई एक ठाउँ ल्याउन लागिपरेको दोस्रो पुस्तालाई थप सकस सिर्जना भएको छ।   

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्