काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।
उक्त सम्झौतामा संस्थाको तर्फबाट नायव कार्यकारी निर्देशक जया लोहनी र एनआईबीएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सोमबार हस्ताक्षर गरेका छन्।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले आठ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।