काठमाडाैं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशका फिल्मकर्मीलाई बलिउडको नक्कल नगर्न आग्रह गरेका छन्।
इस्लामाबादमा आयोजिक सर्ट फिल्म फेस्टिभलमा बोल्दै उनले नक्कल गर्नुभन्दा नयाँ कन्टेन्टमाथि काम गर्न आवश्यक भएको सुझाव दिए।
पाकिस्तानको फिल्म उद्योगमा मेकरले सोच्ने तरिका नयाँ हुनपर्ने उनको भनाइ छ।
‘पहिलेदेखि पाकिस्तानी फिल्म क्षेत्र बलिउडबाट प्रभावित छ। मेरो अनुभव अनुसार यो दुनियाँमा ओरिजिनालीटी मात्रै बिक्छ। नक्कलको कुनै मूल्य हुँदैन,’ उनले भने।
साथै स्थानीय विषयवस्तुमाथि फिल्म बनाएर व्यवसायिक रुपमा नै फिल्म क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनको तर्क छ।
‘अरुको नक्कल गर्नुभन्दा आफ्नो कन्टेन्टमा फिल्म बनाउनुहोस् र असफलतादेखि नडराउनु होस्,’ उनले थपे, ‘यो मेरो जीवनको अनुभव हो, जो हारसँग डराउँछ उसले कहिल्यै जित्न सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।