काठमाडौं- न्यायाधीश ईश्वरप्रसाद खतिवडाले राष्ट्रपतिको लिखित जवाफमा संविधानभन्दा अतिरिक्त तर्क आयो भन्ने कुरा उठेको छ नि? भन्दै प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमबार न्यायाधीश खतिवडाले महान्यायाधिवक्ता रमेश बडाललाई यस्तो प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीको दाबी गरिएको निवेदन अस्वीकार गर्दा भन्दा लिखित जवाफमा संविधान भन्दा अतिरिक्त तर्क आयो भनेर कानुन व्यवासायीले प्रश्न उठाएको भन्दै उनले यसमा स्पष्ट पार्न आग्रह गरे।
यसअघि बहसका क्रममा महान्यायाधिवक्ता बडालले कानुन व्यवसायीले इजलासमा आपत्तिजनक विषय इजलासमा बोल्दा पनि केही नगरिएको भन्दै गुनासो गरेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको हत्या भएका उदाहरण इजलासमा दिइएको भन्दै उनले इजलासको सुरुदेखि नै गालीको वर्षा भएको बताए।
रिट निवेदकका तर्फबाट बहस गर्ने क्रमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बेलायतमा राजाकाे शीर काटिएकाे प्रसंग उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।