काठमाडौं– एमफिल तथा पीएचडी अध्ययन अनियमित र महंगो भएको भन्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरुले आइतबार विश्वविद्लायको घडी भवन अगाडि विरोध प्रदर्शन गरेका हुन्। त्रिविले प्राविधिक बाहेकका शिक्षाशास्त्र, मानविकीका विषयमा समेत महंगो शुल्क लिएको भन्दै उनीहरुले विरोध जनाएका छन्।

'त्रिवि विद्यार्थी संघर्ष समिति'को ब्यानरमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिविमा एमफिल तथा पीएचडीको अध्यनन नियमित र नि:शुल्क गरिनुपर्ने, शिक्षाको व्यापार बन्द गरिनुपर्ने लगायत माग गरेका छन्।

विद्यार्थीहरुले 'एमफिल, पीएचडी नियमित र नि:शुल्क गर, त्रिविमा शिक्षाको व्यापार बन्द गर, राज्यको लगानीमा उच्च शिक्षाको सुनिश्चितता गर, विश्वविद्यालयमा राजनीतिक भागवण्डा अन्त्य गर, शिक्षा हाम्रो मौलिक हक हो, यसको ग्यारेन्टी गर' लगायतका नारा लेखिएका ब्यानर बोकेर त्रिविमा प्रदर्शन गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।